'उपलब्धि उल्ट्याउने खेल'

'उपलब्धि उल्ट्याउने खेल'

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने खेल हुँदा मुलुक गम्भीर दुर्घटनाको सँघारमा पुगेको दाबी गरेका छन् ।

उनले भने, ‘यो प्रधानमन्त्रीको भनाइ हो, मुलुक ठूलै दुर्घटनाको सँघारमा छ । लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेल र धु्रवीकरण पनि व्यापक रूपमा अघि बढिरहेको छ ।'

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित २२ औं जनयुद्ध दिवसमा प्रधानमन्त्री दाहालले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिमात्र नभएर त्यसलाई बाध्यात्मक रूपमा स्वीकार्दै परिवर्तनकै कारण पटकपटक सत्तामा पुग्ने शक्तिसमेत छन् ।'

लोकतान्त्रिक शक्ति भन्ने कतिपय पार्टी र तिनका शीर्ष नेताहरूले लोकतान्त्रिक आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई अझै पनि आत्मसात गर्न नसकेका कारण मुलुक संक्रमणकालमै रहेको दाबी दाहालको छ । ‘जनयुद्धको अग्रज र मुलुकको प्रधानमन्त्रीका हैसियतमा मैले भन्नुपर्छ' भन्दै कार्यक्रममा दाहालले भनेका थिए, ‘बाध्यात्मक रूपमा परिवर्तनकारी शक्ति बन्न पुगेकाले परिवर्तनका एजेन्डालाई संस्थागत गर्ने असहयोगी बनेका छन् । यसका कारण आज मुलुक ठूलै दुर्घटनाको सँघारमा छ ।'

‘आन्दोलनकारी शक्तिहरूले जित्न र लोकतन्त्रलाई संस्थागत गर्न आन्दोलनका उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार्न पनि माघ ७ भित्र स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन हुनैपर्छ । अन्यथा मुलुक अतिवादी र साम्राज्यवादीका कारण ठूलै दुर्घटनामा पुग्छ', प्रधानमन्त्रीले भने ।

‘मूल प्रवाहबाट मधेसलाई अलग्याउने कार्यमा अतिवादी र साम्राज्यवादीबीच एकता भइरहेको छ । त्यस्तो एकतालाई चुनौती दिनसमेत मधेसीलाई मूल प्रवाहमा ल्याउने कार्यमा आफू नचुक्ने प्रण प्रधानमन्त्रीले दाहालले गरे । निर्वाचन नभए मुलुकमा ठूलै दुर्घटना र अराजकता हुने खतरामा रहेको उनको कथन थियो ।

‘शान्तिप्रक्रियाको १२ वर्षमा पनि हामी अझै संक्रमणकालबाट गुज्रनुको कारण तेस्रो पार्टीलाई जति अन्य पार्टीलाई गणतन्त्रप्रति अपनत्व नहुनु नै हो', उनले भने ।

जनयुद्धका माग र एजेन्डलाई संस्थागत गराउन पनि विभाजित माओवादीहरू एक ठाउँमा आउनुपर्नेमा उनले जोड दिए । दाहालले भने, ‘२३ औं जनयुद्ध दिवस मनाउने क्रमसँगै विभाजित माओवादीहरू एक हुनेछन् । माओवादी एकीकरण अब ढिलो हुँदैन ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.