विप्लवका नेता समाउन रेडियो स्टुडियोमै पस्यो प्रहरी..

विप्लवका नेता समाउन रेडियो स्टुडियोमै पस्यो प्रहरी..

धनगढी : कैलालीको लम्कीमा रहेको सामुदायीक एफएम ‘पश्चिम आवाज’को स्टुडियो बाटै नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता दिलबहादुर साउद पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले एफएममा अन्तवार्ता दिइरहेका बेला साउदलाई पक्राउ गरेको हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा विभिन्न राष्ट्रघाती सम्झौता भएको भन्दै विप्लव नेतृत्वको पार्टीले आइतबार नेपाल बन्दको घोषणा गरेको थियो। त्यही क्रममा कैलालीमा पनि बन्दको प्रभाव परेको थियो।

सामुदायीक एफएमका  पत्रकार युवराज न्यौपानेले आफ्नो नियमित कार्यक्रम ‘आजका कुरा’ मा साउदको अन्तर्वार्ता लिइरहेका बेला सई कटकबहादुर रावतको कमाण्डमा गएको १०/१२ जनाको प्रहरी टोलीले नेता साउदलाई पक्राउ गरेको हो। 

यस घटनाको पत्रकारले विरोध गरेका छन। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ कैलालीका अध्यक्ष लखन चौधरीले विज्ञप्ति जारी गर्दै हातहतियारसहित प्रहरी रेडियो स्टुडियोमा पुग्नु गम्भीर भएको बताए। उनले घटना छानबिनको माग गरेका छन्। 

एफएमका प्रबन्ध निर्देशक समेत रहेका कार्यक्रम सञ्चालक युवराज न्यौपानेले प्रहरीले गरेको यस घटनाबाट एफएमका पत्रकार र कर्मचारी त्रसित भएको बताए। उनले एफएमको बाहिर प्रहरीले जे गरेपनि स्टुडियोभित्रै पसेर यसरी गरिएको घटनाले प्रेस र अभिब्यक्ति स्वतन्त्रताको हनन् भएको बताए।

चर्चमा बम विष्फोट
यस्तै विप्लवको पार्टीले धनगढी उपमहानगरपालिका ४ मा रहेको कलवरी चर्चमा आइतबार बिहान बम विष्फोट गराएको छ। प्रहरीले दिएको जानकारी अनुसार बिहान ५ बजेतिर बम विस्फोट हुँदा चर्चको पर्खाल र भवनको झ्यालका सिसामा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.