बिजुक्छेंको दाबीः भागबण्डामा मिलेको नेकपा एक वर्षमै फुट्छ

बिजुक्छेंको दाबीः भागबण्डामा मिलेको नेकपा एक वर्षमै फुट्छ

भक्तपुरः  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे । 

दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालिन स्वरुप नदेखिएको उनले बताए ।

उनले रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताए । 

हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही वर्ष भित्रै फुटको अवस्था पुग्ने उनले बताए ।

वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उहाँले बताए । 

उनले पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए । 

उनले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटी देखिएको छ यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताए । पञ्चायत जस्तै कांग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकवाद शैलीमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको उनले बताए । 

बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदी नाला बेच्ने गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनले बताए ।

मोदीको नेपाल भ्रमण उपलब्धीमुलक भन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको उनको भ्रमण लगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले प्रष्टाएको उनल बताए ।

सिंहदरवारको अधिकार स्थानीय तहमा नपुगेको बताउँदै उनले यसलाई चुनावको आकर्षक नारा मात्र एमाले र माओवादीले बनाएको उनले 
बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.