सवारीमा यसरी सुरक्षित

सवारीमा यसरी सुरक्षित

कुनै पनि चारपांग्रे सवारी साधन चलाउनुअघि त्यस गाडीलाई एक फन्को घुमेर अवलोकन गर्नुपर्छ। पशु वा बालबालिका पनि हुन सक्छन् भन्ने याद गर्नुपर्छ। त्यसपछि चारवटै टायरको अवस्था के छ ?

हेर्नुपर्छ। कुनैमा हावा कम भएको हुन सक्छ, पन्चर भएको पनि हुन सक्छ। ढोका खोलेर भित्र पसेपछि इन्जिन स्टार्ट गरिहाल्नु हँुदैन। त्यसअघि बनेट खोलेर इन्जिन आयलको अवस्था के छ ? दोस्रो, रेडिएटरमा पानीको अवस्था के छ ? आदि हेर्नुपर्छ।

तेस्रो, गाडीमा ब्रेक आयलको अवस्था विचार गर्नुपर्छ। यसको बेवास्ताले गाडी दुर्घटना भइरहेको पाइन्छ। गुडाउनुअघि यसमा ध्यान नदिँदा अलिकति पर पुगेपछि ब्रेक आयल सकिसकेको हुन्छ। यसमा राख्ने आयल सकिएका कारण ब्रेक नलागेर दुर्घटना भएका घटना धेरै छन्। चौथो, नेपालीले दुःख पाउने भनेको ब्याट्री हो। ब्याट्रीमा पानी छ कि छैन ? हेर्नुपर्‍यो। ब्याट्रीमा सिसा राखिदिएर अचेल सजिलो बनाइदिएको छ। सिसाबाट रातो बत्ती बलेको छ कि सेतो ? वा हरियो छ ? हेर्न सकिन्छ। हरियो बलेको छ भने ब्याट्री ठीक छ। सेतो बलेको छ भने ब्याट्री खराब हुँदैछ। यदि बत्ती रातो बलेको छ भने गाडीको ब्याट्री खराब भयो भनेर बुझ्नुपर्छ। खराब ब्याट्रीका कारणले कुनै पनि बेला गाडीको स्टार्ट बन्द हुन्छ र गाडी घचेट्नु पर्ने हुन्छ। यी चार कुरामा ध्यान दिन जरुरी छ।

सकेसम्म ४० भन्दा माथिको गतिमा सवारी कहिले पनि नकुदाउनु दुर्घटनाबाट जोगिने उत्ताम उपाय हो। यस्तै, ओभरटेक नगर्ने हो भने कहिले पनि दुर्घटनाको शिकार बन्नु पर्दैन।

पाँचौं नम्बरमा वाइफरमा पानी छ कि छैन ? त्यसमा हाल्ने पानीमा होस गर्नुपर्छ। सरफको सट्टा प्याकेटको स्याम्पु मिसाएर पानी प्रयोग गर्‍यौं भने सिसा सफा हुन्छ, कोरिँदैन पनि। रेडिएटरमा पानी राख्दा कतिपयले फुल्ली कुलिङ वाटर मात्र हाल्छन्, त्यो शतप्रतिशत गलत हो। त्यसमा १ लिटर कुलिङ वाटर हाल्ने हो भने नर्मल पानी दुई वा तीन लिटर कति जान्छ ? आफ्नो गाडीको क्षमताअनुसार हाल्नुपर्‍यो। ब्रेक आयलमा पनि ध्यान दिनुपर्छ मास्टर सिलिन्डरमा ब्रेक आयल कम्पनीले रातो कि सेतो राखेको छ ? त्यो हेर्न अति आवश्यक छ। रातोको ठाउँमा सेतो वा सेतोको ठाउँमा रातो हाल्यौं भने त्यो आयलले काम नगर्न सक्छ र दुर्घटना हुन्छ।

यी सबै विषयमा ध्यान दिएपछि मात्र अब आफ्नो कारमा गएर बस्नुपर्छ। त्यसपछि सिट बेल्ट लगाउनुपर्छ। सिटलाई अगाडि पछाडि गरेर आफूअनुकूल बनाउनुपर्छ। स्वीच खोलेर हेर्ने, त्यहाँ विभिन्न लाइट बलेका हुन्छन्। सबै ठीक छ भने बल्ल इन्जिन स्टार्ट गर्ने गर्नुपर्छ। इन्जिन स्टार्ट भएपछि सबै लाइट निभ्नुपर्छ। कुनै लाइट निभेन भने त्यो लाइटले काम नगरेको मानिन्छ। यस विषयमा पनि ज्ञान हुन जरुरी छ। अहिलेका गाडीमा स्वीच सिस्टम भएकाले हिट भएको थाहा नपाउने अवस्था हुनसक्छ। गाडीभित्र बस्दा ‘हिट’ महसुस भयो भने के भएको हो ? बुझ्नुपर्छ। स्टार्ट गर्‍यौं तर हिटिङको बत्ती बलिरह्यो भने कि फ्यानको बेल्ट चँुडियो वा वाटर पम्पले काम गरेन। हेरिहाल्नु पर्छ। मोबिलको बत्ती बल्यो भने त्यहाँ वार्निङ लाइट हुन्छ। 

पहेंलो खालको त्यो लाइट बिप गर्न थाल्छ। त्यसले यो गाडीमा कुनै समस्या छ भन्ने संकेत दिन्छ। मोबिलको बत्ती बलेसँगै वार्निङ लाइट पनि बलेको छ कि या हावा कम भएर बलेको हो ? वा कुनै तारमा समस्या भएर बलेको हो ? हेर्नुपर्छ। पहेंलो लाइट बलेको कुरामा अवश्य ध्यान दिनुपर्छ। अन्यथा जतिबेला पनि गाडी बाटोमा थन्किन सक्छ। स्टार्ट भइसकेपछि सबै बत्ती निभ्यो भने कारको ऐना मिलाउनुपर्छ। पछाडि हेर्ने, दायाँ वा बायाँ हेर्ने गरी तीनैवटा ऐना आफूले पूर्णरूपले देख्ने गरी मिलाउनु पर्छ। चारपांग्रे सवारी ब्याक गर्ने हो कि अगाडि जाने हो ? 

यसबीच गाडीमुनि मानिस वा पशु छ कि हेरेर मात्र पछि वा अघि बढ्नुपर्छ। सवारी चलाउँदा दायाँ–बायाँ हेरेर राम्रोसँग सडकको प्रयोग गर्नुपर्छ। सकेसम्म ४० भन्दा माथिको गतिमा सवारी कहिले पनि नकुदाउनु दुर्घटनाबाट जोगिने उत्तम उपाय हो। यस्तै, ओभरटेक नगर्ने हो भने कहिले पनि दुर्घटनाको शिकार बन्नु पर्दैन। कुनै पत्रपत्रिकाको समाचार बन्नु पर्दैन। हरेक ट्रक, बसको पछाडि हेर्ने हो भने ४० केएम लेखिएको हुन्छ। त्यो भनेको ४० माथिको स्पीडमा नजानु हो।

गन्तव्यमा पुगेपछि जुनसुकै ठाउँमा पार्किङ गर्नुपर्ने हुन सक्छ। ग्यारेजमा पुग्नुअघि रातको पार्किङ हो वा दिउँसोको ? याद गर्नुपर्छ। केही समय आराम गरेर पार्किङ गर्ने हो भने पछाडि सारेर पार्किङ गर्नुपर्छ। भोलि बिहान मात्र निस्कनु छ भने सकेसम्म यथास्थानमै पार्किङ गरेको राम्रो मानिन्छ। त्यति पनि सकिँदैन भने त्यसलाई अगाडिबाट पार्किङ गर्नुपर्छ। पार्किङ गरेपछि कुन साइडबाट ओर्लने हो ? लेफ्ट ड्राइभ हो कि राइट ड्राइभ ? लेफ्ट हो भने राइट साइड च्यापेर राख्नुपर्छ। राइट हो भने लेफ्ट साइड च्यापेर गाडी पार्किङ गर्नुपर्छ। यसले ढोका खोलेर निस्कन सहज हुन्छ। कतिपयले ढोका खोल्नै नमिल्ने गरी पार्किङ गर्छन्। कतिले ढोका खोल्दा भित्तामा ठोक्किने समस्या हुन्छ।

साँघुरो ठाउँमा पार्किङ गर्नुपर्ने अवस्था भएमा विकल्प छ। ग्यारेजमा काम नलाग्ने टायर पाइन्छन्, ल्याएर पर्खालको भित्तामा राख्नुपर्छ। ताकि गाडी ठोक्किन, कुच्चिन वा कोरिनबाट जोगाउन सकिन्छ। सेन्सर भए पनि कहिलेकाहीँ कहिलेकाहीँ त्यसले काम नगर्न सक्छ। अर्को कुरा, सबै मान्छेसँग नयाँ मोडलका गाडी हुँदैन। कस्तो गाडी चढ्दै छौं ? गाडीको दूरी ६ फिट छ कि साढे ६ फिट छ ? थाहा भएन वा आफ्नो शरीरबाट त्यो नहेरी अघि बढ्यो गयो भने बमबोर्ड कतै ठोक्किन सक्छ। त्यसबाट जोगाउन पार्किङमा चाहिँ पुराना टायरहरू राख्न सकिन्छ। गाडीको अगाडि पछाडिको बमबोर्ड सुरक्षित हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.