युवामय उपचुनाव

ओलीले भने, ‘उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं’

ओलीले भने, ‘उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गरौं’
फाइल तस्बिर।
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्।

‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’ बिहीबार सामाजिक सञ्जालमार्फत युवामय उपचुनाव भएको उल्लेख गर्दै ओलीले भनेका छन्,‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन।’

ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन्। उनले चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई शुभकामना समेत दिएका छन्। बारा-२, तनहुँ-१, चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.