एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो २ बजे संसद भवनस्थित नयाँ बानेश्वरमा नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बोलाएको सचेतक महेश बर्तौलाले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
उनका अनुसार बैठकमा नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नीति तथा कार्यक्रम ल्याएकाले बजेटमा समावेश हुनुपर्ने विषयलाई उठान गर्ने छ।
प्रतिक्रिया दिनुहोस !