‘एमालेको समृद्धिका लागि संकल्प यात्राप्रति जनताको व्यापक चासो र समर्थन’

‘एमालेको समृद्धिका लागि संकल्प यात्राप्रति जनताको व्यापक चासो र समर्थन’
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्रामा सर्वदलिय र सर्वपक्षीय ज्ञापन पत्र र सुझावले पार्टीलाई आधारभूत तहमा जोड्ने बलियो आधार प्राप्त भएको दाबी गरेका छन्।

उनले मंसिर १४ गते बिहान झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’प्रति जनतामा व्यापक चासो र समर्थन देखिएको दाबी गरेका हुन्।

‘एकहप्ता लामो यात्रामा जनतामा यात्राप्रति व्यापक चासो र समर्थन देखिएको छ।’ उनले थपे, ‘चिसो मौसममा लामो समयसम्म प्रतिक्षा गरेरै भएपनि यात्रा टोलीलाई स्वागत गर्ने आफ्ना कुरा सुनाउने र यात्रा टोलीका कुरा सुन्ने कुरा यात्राको महत्वपूर्ण विशेषता बनेको छ।’

null

यात्राप्रति नेकपा(एमाले) इतरको पनि चासो र समर्थन प्रकट भएको उनको भनाई छ। पोख्रेलले विभिन्न जिल्लामा सर्वदलिय र सर्वपक्षिय बैठक तथा छलफल कार्यक्रमहरु आयोजना भएको बताए। स्थानीय सरोकारका विषयमा यात्रा टोलीलाई ध्यानाकर्षण गराउने काम भइरहेको उनले जानकारी दिए।null

‘मुलुकमा संकट गहिरिंदै गएका बेला यात्राटोली (क्याराभान)प्रति बालबालिका, किशोर किशोरी देखि युवा र ज्येष्ठ नागरिक सबै जनताको अभुतपूर्व चासो र समर्थनले भविष्यप्रति नयाँ आशाको संचार गरेको छ।’ महासचिव पोख्रेलले भने,‘सर्वदलीय र सर्वपक्षिय ज्ञापन पत्र र सुझावहरुले  पार्टीलाई आधारभूत तहमा जोड्ने बलियो आधार प्राप्त भएको छ।’

स्थानीय संस्कृतिका माध्यमबाट यात्रा टोलीसँग आत्मियता साट्ने काम भएको पोख्रेलले बताए। उनले भने,‘यात्राका क्रममा स्थानीय जनताले फूलको माला र थुंगा दिएर स्वागत गर्नुभएको छ। स्थानीय उत्पादनहरु उपहार दिनु भएको छ। स्थानीय संस्कृतिका माध्यमबाट यात्राटोलीसँग आत्मियता साट्ने काम भएको छ।’उनले राष्ट्र जोड्ने र राष्ट्र बनाउने यस अभियानमा सकृयतापूर्वक जोडिन सबैलाई अनुरोध गरेका छन्। null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.