समृद्धिका लागि संकल्प यात्रा : एमाले अध्यक्ष ओलीसहित शीर्ष नेतृत्व आज खुर्कोटमा आउँदै

समृद्धिका लागि संकल्प यात्रा : एमाले अध्यक्ष ओलीसहित शीर्ष नेतृत्व आज खुर्कोटमा आउँदै
चरिकोटबाट रामेछापतर्फ आउने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली
सुन्नुहोस्

सिन्धुली : ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली आज सिन्धुलीको खुर्कोटमा आउँदैछन। 

ओलीसहित शीर्ष नेतृत्वको टोली रामेछापको मन्थलीबाट समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद) को भूमि खुर्कोटमा आज बिहान ८ बजे खुर्कोट आइपुग्ने नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालले जानकारी दिए।

संकल्प यात्राको १३ औं दिन सिन्धुलीको खुर्कोटमा पूर्व प्रधामन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाईभर्सनको स्थलगत अवलोकन र प्रगतिबारे जानकारी लिने कार्यक्रम छ। उक्त उक्त बुहुउद्देश्यीय आयोजनाको शिलन्यास ओलीले नै प्रधानमन्त्री हुँदा २०७८ फागुन २० गते शिलान्यास गरेका थिए। 

यस्तै वरिष्ठ पत्रकार शेषराज दाहालको २ थान पुस्तक विमोचन, मध्यपहाडी लोकमार्ग अन्तर्गत सरकारले बनाउन लगोको नयाँ सहर विकास कार्यक्रम र स्थानीय समस्याहरुको विषयमा जानकारी लिने दाहालको भनाई छ। 

राष्ट्रिय महत्वका साथ हेरिएको चियावारी–खुर्कोट सुरुङ्ग मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदेबाली जुनारका समस्याहरुको बारेमा समेत जानकारी लिने कार्यक्रम तय गरिएको छ।
यस्तै यात्राका क्रममा खुर्कोटमा सिन्धुली कलाघरको विविध कार्यक्रम समेत छ। 

गोलन्जोरको देउरालीटार नेपाल कम्युनिस्ट पार्टीको २००८ मा गठनबारे जानकारी लिने र ग्वालटारमा पुगेर सहिद बाबुराम बरालको सालिकमा माल्यार्पण गर्ने र स्थानीयसँग भेटघाट गर्ने कार्यतालिका छ।  
‘सुलिभन्ज्याङ्गमा सहिद आजाद मार्गको स्थलगत अवलोकन र मागपत्र बुझ्ने तथा स्थानीयसँग छलफल र भेटघाट गरिने छ। खाङ्गसाङमा मदन–आश्रित प्रतिष्ठान फिक्कलको अवलोकन र स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ,’दाहालले भने।

यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पदाधिकारी र नेताहरुको सहभागितामा घुर्मी/हर्कपुरमा मंगलबार नै विशाल आमसभाको आयोजना गरिने छ। नेकपा स्थापना भएको यस वर्ष ७५ औं वर्ष पुगेको छ। उक्त अवसरमा पार्टीले आफ्ना संस्थापक नेताको स्मृतिमा निर्माण भएको पुष्पलाल मध्यपहाडी राजमार्गमा १९ दिने समृद्धि यात्रा सुरु गरेको हो।

बैतडीको झुलाघाटबाट सुरु भएको लोकमार्ग पाँचथरको चिवाभञ्ज्याङमा टुंगिनेछ। यो अभियान विभिन्न जिल्लामा जनतासँग भेटघाट, आमसभा गर्दै पुस २ गते १९औं दिनमा समापन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.