सरकारप्रति जनताको आक्रोश बढ्यो : प्रचण्ड

सरकारप्रति जनताको आक्रोश बढ्यो : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारप्रति जनताको आक्रोश बढ्दै गएको बताएका छन्।

शनिबार काठमाडौंमा माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्‍घाटन गर्दै प्रचण्डले सरकारको काम दिनप्रति दिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको बताए। 

सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आ-आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेको उनले बताए। प्रचण्डले सरकारकै गलत कामकारबाहीका कारण इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा रहेको जिकिर गरे।

प्रचण्डले देशको परिस्थितिलाई नयाँ मोड दिने उद्देश्यका साथ आफ्नो नेतृत्वको सरकारले महत्त्वपूर्ण रेकर्ड बनाएको अवस्थामा देशलाई भ्रष्टाचारमा फसाउँदै आएकाहरूको कारणले सरकारबाट बाहिर आउने अवस्था पैदा भएको जिकिर गरे। उनले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपिलले जनतामा सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको बए। 

प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताए। अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताए। उनले समाजवादको सैद्धान्तिक बहसलाई व्यवहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए। 

प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.