वर्तमान सरकार ढल्दैन : ईश्वर पोखरेल

वर्तमान सरकार ढल्दैन : ईश्वर पोखरेल
सुन्नुहोस्

हेटौंडा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाहिर हल्ला फिजाएजस्तो वर्तमान सरकार नढल्ने बताएका छन्। सोमबार हेटौंडामा आयोजित नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको लागि बनेको हुनाले यो सरकार निरन्तर अघि जाने बताए।

'यसअघिको भएको निर्वाचनमा कुनै पार्टीको पनि स्पष्ट बहुमत आएन र एक्लै सरकार बनाउने स्थिति बनेन। त्यसको फलस्वरूप सरकार बन्ने र टुट्ने प्रक्रिया भैइरह्यो। कहिले नेकपा माओवादीले म्याजिक नम्बर त कहिले के भनेर सरकार ढाल्ने र बनाउने खेलहरू भए,' उनले भने। 

देशकै दुई ठूला राजनीतिक दलहरू कांग्रेस र एमाले स्थायी सरकार र अस्थिर राजनीतिलाई लयमा ल्याउन नयाँ गठबन्धन गर्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए। त्यस्तै सरकार  ढल्छ-ढल्छ भनेर हल्ला फिजाएजस्तो नभएको उनले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.