शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ
काठमाडौं : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका छन्। एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।




प्रतिक्रिया दिनुहोस !