कांग्रेस र एमालेबीच कुनै मतभेद छैन,देउवाले कर्मचारीलाई भने- सरकारलाई सहयोग गर्नुहोस्

कांग्रेस र एमालेबीच कुनै मतभेद छैन,देउवाले कर्मचारीलाई भने- सरकारलाई सहयोग गर्नुहोस्
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन्। उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दलबीच मतभेद नरहेको बताएका हुन्।

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यवस्था जोगाउने विषयमा कांग्रेस र एमालेबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन्।

देशको अवस्था चुनौतीपूर्ण रहेको बताउँदै सभापति देउवाले यसको प्रभाव कर्मचारीमा परेको बताए। उनले यसबारेमा चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न पनि कर्मचारीसँग  आग्रह गरे। उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दल एक ढिक्का हुने बताए।

'अहिलेको बेला चुनौतीपूर्ण अवस्था पनि छ। चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरूको अझ बढी जिम्मेदारी छ। कहाँ चुनौती छन् सबैले बुझ्नु भएकै होला। प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमाले पार्टीसँग कांग्रेस र कांग्रेस पार्टीसँग एमालेको होलान्। तर, एउटा कुरामा यो बहुदलीय  प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा दुई पार्टीका बीच कुनै मतभेद छैन,'उनले भने,' खास-खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले कुनै विवाद छैन।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.