बैठकका १३ बुँदे प्रस्तावसहित

एमाले पोलिटब्युरोको निष्कर्ष : वामपन्थीको नाममा कुनै मोर्चा बन्दैन, चुनावमा कसैको बैशाखी टेक्दैनौं

एमाले पोलिटब्युरोको निष्कर्ष : वामपन्थीको नाममा कुनै मोर्चा बन्दैन, चुनावमा कसैको बैशाखी टेक्दैनौं

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा दुई दिन बसेको बैठकले वामपन्थी मोर्चाको सम्भावना नरहेको निष्कर्ष निकालेको हो।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको निष्कर्ष सुनाउँदै भने, 'वामपन्थीको नाममा तत्काल कुनै मोर्चा बन्दैन। त्यसको सम्भावना पनि छैन।' बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आचरणहीन र चरित्रहीन कुरा पार्टीले नसहने बताएका थिए। 'पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि चल्दैन। कि राजनीति गर कि इन्जोए गर,' उनले भने। 

अध्यक्ष ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा पनि सुधार देखिएको बताए। उनले समाजमा अराजकता बढिरहेकोप्रति चिन्तासमेत व्यक्त गरेको विभाग प्रमुख गौतमले भने। 'हामी नागरिक सर्वोच्चता चाहन्छौं। हामी कुनै पनि खाले निरंकुश र अनुशासनहीनतालाई अस्वीकार गर्छौं,' ओलीले भने।

त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने बताए। 'निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ। कसैको बैशाखी टेक्दैन,' ओलीले भने। त्यस्तै संविधानमा देखिएका समस्याहरू पुनरावलोकन हुने निष्कर्ष पनि एमालेले गरेको छ। गौतमका अनुसार पुनरावलोकनका आधारमा कहाँ-कहाँ संशोधन आवश्यक छ। त्यहाँमात्रै संशोधन गर्ने सरकारको तयारी छ।

त्यस्तै नेता कार्यकर्ताको मूल्यांकनको विषयमा पनि बैठकमा कुरा उठेको गौतमले बताए। 'पार्टीले तोकेको जिम्मेवारी पहिले पूरा गर्नुपर्‍यो अनि बल्ल मूल्यांकनको कुरा आउँछ,' गौतमले भने। बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनमाथि ५१ सदस्यले राय प्रस्तुत गरेका थिए। उनीहरूले निर्णय कार्यान्वयन गर्न जोड दिएका थिए।

यस्ता छन् बैठकका १३ बुँदे प्रस्ताव


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.